एसइईको नतिजा आज

काठमाडौं, २ असार– राष्ट्रिय परीक्षा वोर्ड सानोठिमीले माध्यामिक शिक्षा परीक्षा, सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्न डाटा इन्ट्री गर्ने, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न अहिले आठ बजे बोर्ड बैठक बोलाइएकोे परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिनुभयो ।
बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को यो पहिलो नतिजा हुनेछ ।

परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७ सय ३२ छात्र र दुई लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here