एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्दै

काठमाडौं,२२ चैत । एमाले–माओवादी एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । पार्टी एकताको औपचारीक घोषणा गर्न एकता तयारी समिति गठन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

बैठकमा एकता तयारी समिति गठन गरि पार्टी एकता घोषणाका बारेमा आवश्यक तयारी थाल्ने बुझिएको छ । समितिले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमण अघि सहमति जुटाउने बताएको छ । अन्तरिम विधान समिति तथा राजनितिक प्रतिवेदन बनाउन गठित कार्यदलले  बैशाख ९ गते एकता गर्न  सुझाव दिदै संयोजन समितिलाई आफ्नो प्रतिवेदन बुझाइसकेका छन ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आज बिहान ९ बजे बस्ने एकता समितिको बैठकले कार्यदलले दिएको प्रतिवेदन अध्ययन गरि नमिलेका विषय मिलाउने तथा एकताको  विषयमा थप तयारी गर्ने समितिका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here