एमाले नयाँ रणनीति बनाउँदै

काठमाडौं, २१ जेठ–नेकपा एमालेले व्यवस्थापिका–संसद््मा आज हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा सहभागी नहुने भएको छ । एमालेले आजको संसद बैठक अवरुद्ध गर्ने र प्रक्रियामा पनि सहभागि नहुने निर्णय गरेको छ ।
तर संसद अवरोध गर्ने वा नगर्ने भन्नेमा अन्तिम निर्णय गर्न अहिले बिहान छलफल हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको स्थायी कमिटी बैठकले अहिलेको सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल एमालेबाट चुनावमा प्रधानमन्त्रीको उम्मेदवार खडा नगर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया मुलुकको प्रचलित संसद्ीय परम्परा तथा अभ्यास विपरीत रहेको ठहर गर्दै बैठकले प्रक्रियामा सहभागी नहुने तथा त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको एमाले उपनेता सुवाचन्दै नेम्वाङले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाको मतगणना तत्काल सुरु गर्नुपर्ने माग राख्दै एमालेले संसद् अवरुद्ध गर्दै आएको एमालेको अवरोधकै बीच व्यवस्थापिका–संसद्ले सूचना टाँसेर प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अगाडि बढाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here