एभरेष्टका संचालक मस्कुर अहमद लारी पक्राउ

काठमाडौं,२५ माघ– होटल एभरेष्टका संचालक मस्कुर अहमद लारी पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालयले उनलाई महाराजगञ्जस्थित निकासबाट बिहीबार पक्राउ गरेको हो। लारी बिरुद्ध लागू औषध सम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ। उनी मुद्दा चलेयता २०६८ देखि फरार रहेका थिए।

महानगरीय प्रहरीका अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले लारी पक्राउ परेको पुष्टि गरेका छन्। उनले लारीलाई बिहीबार नै अदालतमा उपस्थित गराउने तयारी भइरहेको जानकारी दिए।

१९९७ मा जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेसको मुद्दामा उनी हालसम्म फरार छन्। प्रहरीले पक्राउ गर्न नसकेपछि अभियुक्त फरार रहेको भनी जिल्ला अदालतमा मुद्दा तामेली राखिएको थियो। तर जिल्लाले उक्त मुद्दा जगाउँदै पुन सुनुवाइ गरेपछि २०६८ मा मस्कुरको नाममा पक्राउ आदेश जारी भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here