काठमाडौं,२३ बैशाख । धादिङको गजुरीबाट आज विहान एक किलो अफिम र ४७ किलो चरेशसहित एक जना पक्राउ परेका छन् । प्रहरले कैलालीका ४६ वर्षीय काल्चे बोहरालाई पक्राउ गरेका हो । भारतीय नम्बर प्लेट डीएल ३ सिएडी ७०८१ नम्बरको गाडीमा लुकाई छिपाई तस्करी गरिरहेको अवस्थामा ९७८ ग्राम अफिम र ४७ किलो चरेशसहित बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरीका अनुसार बोहोरामाथी थप अनुसन्धान भइरहेको छ ।

