चितवन,१६ कार्तिक–नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनु भएको छ ।
अध्यक्ष दाहालले आज दिउँसो सवा २ बजे भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको हो ।
बाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिनु भएका दाहालले स्थानीय संचारकर्मीमाझ आफूलाई पहिलो पटक गृह जिल्लाबाट उम्मेदवारी दिन पाएकोमा खुसी लागेको प्रतिक्रिया दिनु भयो ।
उहाँले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुने तथा समृद्धि र विकासको अभियानले तीव्रता पाउने विश्वास पनि व्यक्त गर्नु भयो ।

