काठमाडौं,१६ कार्तिकः मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन आज तोकिएपनि राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाउन अन्तिम कसरतमा रहेका छन् ।
गएराती अवेरसम्म छलफल गरेका कांग्रेस र एमालेले आज बिहान थप बैठक गर्दैछन् । केही ठाउँमा मात्रै सामान्य विवाद रहेकाले मिलाउन बाँकी रहेको र धेरै ठाउँमा तय भइसकेको दलका नेताहरुले बताएका छन् ।
बिहान एमाले स्थायी समिति र कांग्रेसका उपलब्ध नेताहरुको बैठक बस्दैछ । नेपाली कांग्रेसले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालसँग सहमति खोज्ने प्रयास बिहान पनि जारी राख्ने बताएको मा छ ।
वाम गठबन्धनले भने सिट बाँडफाँड टुङ्गो लगाइसकेको छ । आज सबै दलका शीर्ष तहका नेताहरुले उम्मेदवारी दिने कार्यक्रम रहेको छ ।

