काठमाडौं, ३१ बैशाख– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र खगेन्द्र माखिम अध्यक्ष रहेको संघीय लिम्बूवान पार्टी नेपालबीच एकता हुँदैछ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा भोलि सोमबार पार्टी एकता घोषणा हुने बताइएको छ। पार्टीको दुई तिहाई बहुमतबाट हालै अध्यक्ष बनेका माखिमले संघीय समाजवादी फोरम नेपालसँग पार्टीको नीति, सिद्धान्त र एजेन्डा मिल्ने भएकोले सँगै मिलेर संघर्ष गर्न पार्टी एकता गर्न लागेका हुन् ।
संघीयता र पहिचानलाई मुख्य एजेन्डा बनाएर मधेशी, आदिवासी जनजाति, दलित, खस, महिला, मुस्लिम लगायत उत्पीडित समुदायको पक्षमा संघर्षरत फोरम नेपालसँग माखिम नेतृत्वको सिङ्गो पार्टी नै एकीकरण गर्न लागेको हो।

