उपत्यकाका सडक र चोकमा फोहोरको थुप्रो

काठमाडौँ, ५ साउन-सरकारले विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरे पनि उपत्यकाका सडक र चोकमा थुप्रिएको फोहोर हप्ता दिनदेखि उठ्न सकेको छैन ।

उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ता जारी रहे पनि हप्ता दिनभन्दा बढी समयदेखि उपत्यकाको फोहोर नउठ्दा सडक र चोक चोकमा फोहोरको थुप्रो लागेको छ ।

उपत्यकाको प्रमुख नदी वाग्मती सफाइ महाअभियान शुरु भएको ३०० हप्ता हुन लाग्दा नदीको स्वच्छतामा ठूलो परिवर्तन आएको छैन । उपत्यकाको सडक र चोकमा जम्मा हुने फोहोर व्यवस्थापन नहुँदा वर्षाको भेलले बगाएर नदीमै पुग्ने निश्चित  छ ।

विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी प्रत्येक हप्ता नदी किनारमा जम्मा भएर सफाइ गर्छन् ।

तर सफाइ महाअभियानले सामाजिक जागरण ल्याएको छ । जसका कारण हाल देशभर १०० स्थानमा सफाइ अभियान शुरु भएको छ । सफाइ अभियन्ताको सडक र चोकमा थुप्रिएको फोहोरको डंगुरमा भने ध्यान जान सकेको छैन । गर्मी समयमा फोहोरको थुप्रोले गम्भीर स्वास्थ्य समस्या ल्याउन सक्छ ।

उपत्यकाबाट २६ मेट्रिक टन फोहोर व्यवस्थापन 

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २६ मेट्रिक टन फोहोर उठाइयो । सिस्डोलमा फोहोर व्यवस्थापनका लागि समस्या भएकाले उठाइएको फोहोर नदी किनारमै थुपारिएको सफाइ अभियन्ताले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here