उत्तर कोरियासँग तत्काल परमाणु युद्धको खतरा छैनः अमेरिका

एजेन्सी– अमेरिकाको केन्द्रीय अनुसन्धान एजेन्सी (सिआइए) ले उत्तर कोरियासँग तत्काल कुनै किसिमको परमाणु युद्धको खतरा नरहेको बताएको छ ।
अमेरिका र उत्तर कोरिया दुवै तर्फबाट एकअर्का विरुद्ध युद्धको तयारीमा रहेको आसयका वक्तव्य आइरहेका बेला सिआइएले भने तत्काल परमाणु युद्धको कुनै खतरा नरहेको बताएको हो ।
तर उत्तर कोरिया परमाणु कार्यक्रममा निकै तीब्र गतिमा अघि बढिरहेको सिआइएका निर्देशक माइक पोम्पेओले बताएका छन् ।
उत्तर कोरियाले केही समय भित्रमा नै अर्को मिसाइल परीक्षण गर्ने सम्भावना रहेको उनको भनाई छ ।
तत्काल युद्धको खतरा नरहेको भएपनि राष्ट्रपति कार्यालय ह्वाइटसाउसले रणनीतिक धैर्य राख्ने समय भने गएको उनको चेतावनी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here