इन्धनको भाउ बढ्यो, कस्को कति ?

काठमाडौं,१६ कार्तिक–आयल निगमले आजदेखि लागुहुने गरी इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको भाउ बढेको हो ।
नयाँ मूल्यअनुसार पेट्रोल एक सय रुपैयाँ प्रतिलिटर पुगेको छ । पेट्रोलमा प्रतिलिटर दुई रुपैया बढाइएको हो । यसैगरी खाना पकाउने ग्यास पनि महँगिएको छ ।
ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पुगेको छ । ग्यासमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ । यसै गरी डिजेल प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुगेको छ ।
डिजेलमा एक रुपैयाँ ५० पैसा बढेको छ । इन्डियन आयल कर्पोरेसन्स (आइओसी)ले नयाँ मूल्यअनुसार भाउ बढेकाले इन्धनको मुल्यमा वृद्धि भएको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here