काठमाडाैं, २१ माघ – प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा सवार गाडी दुर्घटनामा परेको छ ।
काठमाडौंको पशुपति क्षेत्रमा पर्ने गौरीघाटमा प्रधानमन्त्री पत्नी सवार गाडी दुर्घटनामा परेको हो । डा. राणा सवार बा ६ च १०२० नम्बरको गाडीलाई बा ९ च ८३५६ नम्बरको जीपले ठक्कर दिएको बताइएको छ ।
ठक्कर दिने स्करपियो जिपका चालक फरार भएको र खोजी कार्य भइरहेको ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री पत्नी डा. राणा सवार गाडीको ‘लुकिङ ग्लास’ भाँचिनु बाहेक केही क्षति भएको छैन ।

