आन्दोलित कर्मचारी काममा फर्किए

विरगञ्ज,२५ चैत ।  विभिन्न माग राखेर आन्दोलनरत वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरु आजदेखि काममा फर्किएका छन् । गतको चैत १७ गतेदेखि आन्दोलन गर्दै आएका महानगरका कर्मचारीहरु तत्कालका लागि आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन ।
महानगरपालिकाको कार्यालयमा सोमबार बिहान भएको बार्तामा कर्मचारीहरुले उठाएको माग पूरा गर्ने सहमति भएपछि उनीहरु दिउँसोदेखि काममा फर्किएका हुन ।
बार्तामा महानगरपालिकाकी उपमेयर शान्ति कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, कार्यपालिका सदस्य र महानगरका ३२ वटै वडाहरुको वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
बार्तामा महानगरका मेयर विजय सरावगी बाहिर रहेकाले उनी आएपछि फेरि कर्मचारीहरुले उठाएका मागहरुका बारेमा बार्तामा बस्ने सहमति भएको छ ।

स्थानीयतहका स्थायीकर्मचारीहरुको नीजामती सरह वृति विकास र बढुवा हुनु पर्ने, करार र ज्यालादरीमा कार्यरतहरुको रोजगारीको ग्यारेन्टी गर्नु पर्ने , तहगत दरबन्दी लागू गर्नु पर्ने लगायतकामाग राखेर महानगरका कर्मचारीहरु बारम्बार आन्दोन गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here