आज बाला चतुर्दशी

काठमाडौं,३० कार्तिक– कृष्ण चतुर्दशी पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइँदै छ ।

मार्ग कृष्णपक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन आज बिहान मृगस्थलीमा शत्वीज छरी मनाइन्छ ।
शतबीज छर्न देशका विभिन्न स्थानबाट आउने श्रद्धालु भक्तजनको आज बिहानैदेखि पशुपतिमा भीड लागेको छ । नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृतिमध्येको बालाचर्तुदशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको पर्व मान्ने गरिन्छ ।
बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ । यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ ।
आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, उमाकुण्ड, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here