आजदेखि एक महिने रमजान सुरु

काठमाडौं, १४ जेठ– इस्लाम धर्मावलम्बी मुसलमानको रमजान पर्व आजदेखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत अनुसार नवौं महिना ‘रमजानल मुबारक’ मा विश्वभरका इस्लाम धर्मावलम्बी मुसलमान एक महिनासम्म रोजा (व्रत) बस्छन् ।

एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीले उपवास बस्नु पर्छ, जसलाई ‘रोजा’ भनिन्छ ।  सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरी) खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि हलुका खानेकुरा तथा मिठाइ खाएर (अवतारिक) रोजा खोल्नुपर्छ ।

इस्लामका पाँच आधार स्तम्भ इमान, नमाज, हज, जकात र कल्मामध्ये रोजा (व्रत) एक खम्बा हो । अरू महिनाका तुलनामा ‘रमजानल मुबारक’ महिनालाई मुसलमानले पवित्र महिनाका रूपमा विश्वास गर्छन् ।
यो महिनामा कुरआनको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । त्याग एवम् समर्पणको यो महिनामा मुसलमानले आफ्नो हैसियत अनुसार दान पनि गर्ने परम्परा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here