अर्काको दुःखमा साथ दिने श्रीजना

बिष्णुकुमार देवकोटा
भनिन्छ मानव सेवा नै माधव सेवा हो । समाजमा विभिन्न प्रकृति र स्वभाव भएका मान्छेहरु हुन्छन् । विभिन्न व्यक्तिहरुले विभिन्न प्रकारका पेशा वा व्यवसाय अंगालेका हुन्छ् । कति स्वार्थी हुन्छन्, कति दयालु हुन्छन् , भने कतिले आफ्नो पुरा जीवन नै समाजसेवामा समर्पीत गराएका हुन्छन्– हो यस्तै समाज सेवाको क्षेत्रमा उज्जवल नक्षत्र हुन् श्रीजना सुन्दास ।
सानै उमेरदेखि कसैको पिडा र दुःख देख्दा र सुन्दा समेत केही सहयोग गर्न सकिन्छ की भनेर कदम चाल्ने परीवारीक संस्कारमा हुर्किएकि श्रीजना ले अन्तः समाजसेवा लाई आफ्नो जिन्दगीको मुख्य अभिष्ट बनाईन र उत्रिईन गरीब दुःखीको सेवामा ।
आफ्ना विभिन्न अभियानहरु लाई मिडिया बाहिर राख्दै गरीब दुःखीको सेवामा अनबरत खटिएकी श्रीजनाले आगोले पोलेर क्षत बिक्षत भएकी बाँके बैजनाथ वडा नं २ की तुल्सरा परीयारकोे उपचारमा लिएको सकृयता समाज सेवाको क्षेत्रमा उत्कृष्ट छ ।
“देश बिदेश बाट सहयोग आयो तर दुःखद् तुल्सरालाई बचाउन सकिएन” भावुक हुँदै श्रजिनाले भनिन् ।
काठमाण्डौमा जन्मिएकी श्रीजना परीयार सेवा समाज काठमाण्डौकी जिल्ला सचिव समेत हुन् ।
जीवनमा कैयौं कहालीलाग्लदा जातीय विभेदहरुको सामाना गरेकी श्रीजना अहिले दलित तथा दमित दलीत समुदायको हक सुनिस्चित गरी दलित उत्थानका लागि सकृय छिन् ।
“श्रीजना को सकृयता र समाज सेवा प्रतिको समर्पण भाव लोभलाग्दो छ , श्रीजना वास्तवमै नेपालकी सच्चा छोरी हुन्” परीयार सेवा समाजका केन्द्रिय सदस्य केशव परियारले भने ।
समाजमा जरो गाडेर बसेको दासताको नमूना जातीय उँच नीचको बिरुद्धमा उत्रिएकि श्रीजनाको जीवनमा धेरै सहज र अप्ठेरा परिस्थीतिहरु आए । कुनैपनि हालतमा हिम्मत नहारेकी श्रजिना अहिले दलित समुदायको आशाको केन्द्र बिन्दु बनेकी छन् ।
सदियौं देखी दासताको जन्जिरमा बाँधिएको समुदायको लागी काम गर्दा कति हेपिएकी छु त्यो मलाई मात्र थाहा छ – श्रीजना भन्छिन् ।
“सबै मान्छेहरु समान हुने र सबैको सम्मान हुने समाज श्रीजना गर्नु मेरो जीवनको लक्ष्य हो ” श्रीजनाले भनिन् ।
वुवा कृष्ण बहादुर पररीयार र आमा चन्द्र कुमारी परीयार को जेष्ठ सुपुत्रिकोरुपमा जन्मिएकी श्रीजना महिला अधिकारवादीको रुपमा आफुलाई उभ्याउछिन् ।
स्कूले जीवन देखी सार्वजनिक बसमा यात्रा गर्दा समेत जातीय विभेदको अपमानको बिष पिउन बाध्य दलित समुदार समग्र महिलाहरुको हक हितका लागि काम गर्नै गरेको श्रीजनाको भनाई छ ।
नेपाली महिलाहरुले भोग्नुपरेका महिला हिंसा , घरेलु हिँसा, बेचिएकि चेलीहरुको पिडाहरुले समाजसेवामा उत्रएकि श्रीजनाले आफ्नो आदर्श अनुराधा कोईरालालाई मन्छिन् ।
नेपाली महिलाहरुको सुख र दुःख नै आफ्नो समाज सेवाको उत्प्रेरणको श्रोत भएको भन्दै श्रीजना नेपाली महिलाहरुको दुःख र सुखमा सदैव साथ दिने बताउँछिन् ।
सामाजिक रुपान्तरणको लागि महिला मंचको उपाध्यक्ष समेत रहेकी श्रीजनाको आगामी समाजसेवा उज्जवल बनोस हाम्रो कामना ।
लेखक परीयार सेवा समाज दाङका प्रेस संयोजक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here