भिम नेपाली
पौष-२५,शुक्रबार, बाँके
देशमा संघीय गणतन्त्र कायम भएको छ। विद्यालय शिक्षा सञ्चालन र व्यवस्थापन को दायित्व स्थानीय सरकार मा रहेको छ। शिक्षा, स्वास्थ र खेलकुद एक अर्काका परिपूरक हुन्। खेलकुद ले स्वास्थ जनशक्ति उत्पादन गर्न मद्दत गर्दछ। त्यसैले गत वर्ष देखि खजुरा गाउँ पालिका शिक्षा समिति को आयोजनामा अन्तर विद्यालय मेयर रनिङ शिल्ड
खेलकुद प्रतियोगिताको शुरुआत हुँदै आएको छ। प्रतियोगिता को प्रथम संस्करण जनसेवा माध्यमिक विद्यालय खजुरा-६पूरैनामा मिति २०७५फाल्गुन३ देखि ६गते सम्म भयको थियो भने अहिले दोस्रो संस्करण यही २०७६ पौष २८ गते देखि माघ ३ गते सम्म ५ दिन सञ्चालन हुनेछ। यस प्रतियोगितामा कम्तीमा रु ११लाख खर्च हुने आयोजक ले अनुमान गरेको छ। प्रतियोगिता को कुल खर्च मध्ये खजुरा गाउँ पालिका ले रु ५ लाख बजेट विनियोजन गरेको छ। आगामी बर्ष हरुमा सहभागिता को आधार मा हरेक बर्ष रकम बृद्धि गर्ने बताए को छ।तीन तह माध्यामिक(कक्षा ९-१२)र आधारभूत तह (कक्षा ६-८) गरी दुईवटा रनिङ शिल्ड का लागि प्रतिस्पर्धा हुनेछ भने आधारभूत तह (कक्षा १-५)का लागी बाल मंत्री खेलहरु खेलाइने छ।मा. वि. तर्फ एथलेटिक्स, भलिबल,कपड्डी, मार्शल आर्ट्स र चेस खेलका ३३इभेन्ट , आधारभूत तह कक्षा (६-८) तर्फ एथलेटिक्स, कपडी, मार्शल आर्ट्स र चेस खेलका २५ इभेन्ट तथा आधारभूत तह कक्षा (१-५) तर्फ लम्जम्प,४×५० मी. रिले,१०० मी. दौड, चम्चा दौड ३०मी.र कुर्सी दौड खेलका ७ इभेन्ट गरी जम्मा ६५ वटा खेल हरु राखिएको छ।यस खेल हरु जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद को छनौटको रूपमा लिइने बताएको छ।
प्रतियोगितामा सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १४०६ विद्यार्थी हरु सहभागी हुने छन्।खेल मा प्रथम, द्वितिय तृतीय स्थान हासिल गर्ने विद्यालयहरू लाई मा.बि.(कक्षा ९-१२) तर्फ क्रमश: रु २०,०००/-,रु.१०,०००/-र ७,०००/-, आधारभूत तह (कक्षा ६-८) रु.१०,०००/-रु.७,०००/-,रु.५,०००/- पुरुस्कार प्रदान गरिने छ। यसैगरी आधारभूत तह (कक्षा १-५)मा प्रथम, द्वितिय र तृतीय लाई क्रमश:रु.५,०००/-,३,०००/-र रु.२,०००/-नगद पुरुस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरिने छ।
खजुरा गाँउ पालिका तथा शिक्षा समिति का अध्यक्ष किस्मत कुमार कक्षपति को अध्यक्षतामा २७१सदस्यीय मूल आयोजक समिति गठन गरिएको बताई को छ। अमर मा.बि.,गौतम बस्ती खेल आयोजक समिति द्वारा यम नारायण महतोको संयोजकत्वमा सचिवालय समिति गठन गरिएको श्री किस्मत कुमार कक्षपति द्वारा जारी प्रेस नोट मा जनाइएको छ।

