अन्ततः भयो लोकसेवाको परीक्षा

काठमाडौं, ३ साउन ।  लोकसेवाको परीक्षा आज हुँदैछ । सर्वोच्च अदालतले परीक्षा रोक्नु नपर्ने फैसला सुनाएपछि केन्द्रीय सरकारको निर्देशन अनुसार लोकसेवा आयोगले स्थानीय तह र प्रदेश सरकारको मातहतका लोकसेवाले लिनुपर्ने परीक्षा लिन थालेको हो ।

यता, लोक सेवा आयोगले पछिल्लो पटक प्रकाशन गरेको विज्ञापन रद्द गर्नुपर्ने माग गर्दै दलित, जनजाति, मधेशी, महिला, अपाङ्गता र मुस्लिम समुदायले आन्दोलन जारी राखेका छन् । आयोगले गत जेठ १५ गते प्रकाशन गरेको विज्ञापन संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत प्रकाशन गरेको भन्दै उनीहरुले विज्ञापन रद्द गर्नुपर्ने माग राख्दै आएका छन् ।

आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १ सय ६१ जनाको खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिको विज्ञापन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here