छुट्टाछुट्टै घटनामा तीनको मृत्यु

काठमाडौँ, १३ वैशाख । मुलुकका विभिन्न स्थामा भएको छुट्टाछुट्टै घटनामा आज तीनजनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगरमा आज करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ वर्षीय विशाल थापा छन् । घर नजिकैको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर घाइते भएका थापाको उपचारका लागि लक्ष्मी अस्पताल डुम्रे लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

त्यस्तै, इलाम र पाँचथर जिल्लाको सीमावर्ती उत्तरेस्थित कमल पोखरीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका साविक फाक्तेप–८ का ३९ वर्षीय शेरचन लिम्बू छन्

आजै सुनसरीमा सप्तकोसी नदीले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । सुनसरी वराह नगरपालिका–१ का पूर्ण तामाङकी नौ वर्षीया छोरी प्रकृति तामाङको नदीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here