प्रदेशमा निर्माण हुँदै आधारभूत स्वास्थ्य संस्था

काठमाडौं,२४ माघ ।  सरकारले सातै प्रदेशका करिब २ हजार ५ सय वडामा आधारभूत स्वास्थ्य संस्था निर्माण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संस्था निर्माण गर्ने जनाएको हो ।
मन्त्रालयले सबैभन्दा बढी आधारभूत स्वास्थ्य संस्था निर्माण गर्नेमा प्रदेश नम्बर २ रहेको छ । जसमा ४ सय ५८ वटा आधारभूत स्वास्थ्य संस्था निर्माण हुनेछन् । सबैभन्दा कम गण्डकी प्रदेशमा स्वास्थ्य संस्था बन्नेछन् । जसमा २ सय ५३ वटा स्वास्थ्य संस्था बन्ने भएका हुन् ।
त्यसैगरी प्रदेश १ मा ४ सय १४ वटा, प्रदेश ३ मा ३ सय ३४ वटा, प्रदेश ५ मा ३ सय ७१ वटा, कर्णाली प्रदेशमा ३ सय ६१ वटा र सुदूरपश्चिम प्रदेशमा ३ सय १९ वटा आधारभूत स्वास्थ्य संस्था निर्माण हुने मन्त्रालयले जनाएको छ ।
यी स्वास्थ्य संस्था मन्त्रालयले दुुई चरणमा निर्माण गर्ने जनाएको छ ।

जसमा पहिलो चरणमा यसै आर्थिक वर्षको अन्त्यमा १ हजार २ सय र दोसा्रे चरणमा आगामी आर्थिक वर्षमा १३ सय १० वटा संस्था निर्माण हुनेछन् ।
दोस्रो चरणमा निर्माण हुने आधारभूत स्वास्थ्य संस्थामा १ हजार २ सय ७३ स्वास्थ्य संस्था नभएका वडा रहेका छन् भने ३७ वटा स्वास्थ्य संस्था नयाँ थप गरिने मन्त्रालयले जनाएको छ  ।
मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले सातै प्रदेशका आधारभूत स्वास्थ्य संस्था निर्माणका लागि पहिलो किस्ताको रकम विनियोजन गरिएको बताउनुभयो । news by https://www.baahrakhari.com//news-details/174345/2019-02-07

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here