मन्त्रीले सचिव कुटेको विषयमा कर्मचारी संगठनको विरोध

काठमाडौं,३० पुस । बिभिन्न कर्मचारी संघ, संगठनहरुले सचिवलाई कुटपिट गर्ने मन्त्री यादवमाथि कडा कार्वाही गर्न माग गर्दै सरकारलाई ज्ञापन–पत्र बुझाएका छन् ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई ज्ञापन–पत्र बुझाउँदै सचिव झामाथि कुटपीट गर्ने मन्त्रीमाथि कडा कार्वाही गर्न माग गरेका हुन ।
घटना निन्दनीय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनहरुले सत्यतथ्य छानवीन गर्न आफूहरुसहितको सहभागिता हुनेगरी एक उच्चस्तरीय छानवीन समिति गठन गर्न समेत माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here