टर्कीका राष्ट्रपति अर्दोगानले ज्वाँईलाई बनाए मन्त्री

एजेन्सीः टर्कीमा रिसेप तैयप अर्दोगानले राष्ट्रपतिको शपथ लिए लगत्तै आफ्ना ज्वाई वेरात अल्बायराकलाई वित्त मन्त्री नियुक्त गरेका छन् ।

अल्बायराकले यस अघि उर्जा मन्त्रालय सम्हालेका थिए । यस्तै राष्ट्रपति अर्दोगानले सैन्य प्रमुख हुलुसी अकरलाई रक्षा मन्त्री नियुक्त गरेका छन् ।

गत महिना राष्ट्रपतिमा पुन निर्वाचित अर्दोगानले नयाँ शक्तिसहित मुलुकलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

तर विपक्षीहरुले भने शक्तिशाली कार्यकारीको नयाँ भूमिकाबाट मुलुकको प्रजातन्त्र ध्वस्त हुने आशंका व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here