प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेट हुँदै

काठमाडौं,६ असारःचीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दै हुनुहन्छ । भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्न लाग्नु भएको हो । ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच नेपाली समयानुसार अपरान्ह पौने तीन बजे करिब ४५ मिनेट भेट हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आपसी हितमा केन्द्रित हुने सो भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिनु हुनेछ । समकक्षी ली खछ्याङ र ओलीबीच भने भोली मात्र भेट हुनेछ । लीसँग भोली अपरान्ह ५ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सो भेटपछि मात्र दुई देशबीच सहमति र सम्झौता पत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । बिभिन्न राजनीतिक दलका नेताहरुसंग कुराकानीपछि प्रधानमन्त्री ओलीले भोली नै चिनियाँ नेशनल कंग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

बेईजिङको महत्वपुर्ण भेटघाटपछि ओली नेतृत्वको टोली शुक्रबार तिब्बतको ल्हासा आउनेछ । ३ दिनको तिब्बत बसाईका क्रममा ओलीले बिभिन्न पक्षसंग छलफल गर्नुहुनेछ । त्यस्तै तिब्बतमा रहेका परियोजनाको पनि अवलोकन गर्ने कार्यक्रम छ । ओली नेतृत्वको टोली आईतबार काठमाडौं फर्कने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here