प्यूठान,३० वैशाख। कञ्चनपुरको महेन्द्रनगरबाट प्यूठानका लागि छुटेको यात्रुवाहक बस आज बिहानै दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनास्थलमा घाइतेहरुको उद्धारका लागि खटिएका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार दुर्घटनामा तीन महिला र दुई जना पुरुषको मृत्यु भएको भए पनि सनाखत हुन सकेको छैन । दुर्घटनामा २१ जना घाइते भएका छन ।

