काठमाडाैं, २६ पुस – त्रिवि शिक्षण अस्पतालस्थित अनशनस्थलबाट पक्राउ गरेर सर्वोच्च अदालत पुर्याइएका चिकित्सक गोविन्द केसीको समर्थनमा आज बुधबार पनि माइतीघरमा प्रदर्शन भएको छ ।
केसीले अदालतको अवहेलना गरेको मुद्दामा सर्वोच्चमा बहस भइरहेका बेला माइतीघरमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले प्रधान न्यायाधीश गोपला पराजुलीविरुद्ध नाराबाजी गरेका छन् । पराजुलीले राजीनामा दिनुपर्ने र गोविन्द केसीलाई तत्काल रिहा गर्नुपर्ने माग प्रदर्शनकारीले गरेका छन् ।
हिजो मंगलबार पनि केसीको समर्थनमा प्रदर्शन भएको थियो । प्रदर्शनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेसका युवा नेता गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलगायतको प्रदर्शनमा सहभागिता थियो ।

