श्रम प्रति गम्भीर बन्न सांसदको आग्रह

काठमाडौं,२५ असोज । सांसदहरुले श्रम ऐन कार्यान्वयन गर्न सरकार गम्भिर नभएको प्रति आपत्ति जनाएका छन । व्यवस्थापिका संसद अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजकै बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विनोद श्रेष्ठले सरकार आफैं श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन बाधक बनिरहेको आरोप लगाउनु भयो ।
उहाँले सरकारले श्रमिकहरुलाई न्यूनतम ज्याला नदिएकै कारण श्रम ऐन अनुसार श्रमिकहरुको पारिश्रमिक दिने काम कार्यान्वयनमा आउन नसकेको पनि स्पष्ट पार्नु भयो ।

सत्तारुढ नेपाली काँग्रेसका सांसद पुरु आचार्यले श्रमिकहरुको न्यूनतम ज्याला उपलब्ध गराउन सबै उद्योगी, व्यवसायीहरुलाई सचेत गराउनु भयो । उहाँले औद्योगिक वातावरणलाई शान्त बनाउने काममा निजी क्षेत्रका व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने पनि उल्लेख गर्नु भयो ।

नेकपा माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठले श्रमिकहरुलाई पर्याप्त ज्याला दिने वातावरण बनाउन सरकारसँग माग गर्नु भयो । उहाँले श्रमिकहरुको आधारभूत समस्या समाधान नभई मुलुकमा औद्योगिक क्षेत्रको विकासका लागि आवश्यक वातावरण समेत बन्न नसक्नेमा सरकार र निजी क्षेत्र सचेत हुनुपर्नेमा पनि जोड दिनु भयो ।

सांसदहरुले औद्योगिक वातावरणमा खलल बनाउने काम श्रमिकहरुलाई न्यूनतम ज्याला नदिएकै कारण हुने गरेकोतर्फ पनि सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here