९९ सरकारी विद्यालय शिक्षक दरबन्दी विनै सञ्चालनमा

कालिकोट,१९ कार्तिक– कालिकोटका ९९ सरकारी विद्यालय शिक्षक दरबन्दी विनै सञ्चालन भइरहेका छन् । विद्यालय मापदण्ड पुर्वाधार, विद्यार्थी संख्या र नतिजा राम्रो भए पनि सरकारबाट कुनै शिक्षक कोटा प्राप्त नहुँदा सञ्चालनमै कठिनाइ भएको बताइएको छ ।
केन्द्रबाट धेरै पटक शिक्षक दरबन्दी दिने आश्वासन पाए पनि कालिकोटका ९९ विद्यालयले बर्षौँसम्म शिक्षकको राहत कोटासमेत नपाएको जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीले जानकारी दिनुभयो ।

ती विद्यालयमा अब छिट्टै दरबन्दी दिने कुरा भएको, तर संघीयताका कुराले फेरि अन्योल भएको जिल्ला शिक्षा अधिकारी तिवारीले बताउनुभयो । जिल्लामा अहिले दुई सय ९४ सामुदायिक र १२ वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here