९८ हजार म्यादी प्रहरीमा जागिर खुल्यो

काठमाडौं,२४ असोज– आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सरकारले ९८ हजार म्यादी प्रहरीको जागिर खुलाएको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरेर दुवै सभाको निर्वाचनको सुरक्षार्थ ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीको जागिर खुलाएको हो ।
प्रहरी प्रधान कार्यालयले म्यादीका लागि उपत्यकाका तीनै जिल्ला प्रहरी कार्यालय, रुकुम र नवलपरासीमा साविकका जिल्ला प्रहरी कार्यालय तथा अन्य सबै जिल्ला प्रहरी कार्यालयमार्फत निवेदन दिन सकिने भएको छ ।
म्यादीका लागि निवेदन दिन आज बिहान १० बजेदेखि असोज ३० गते साँझ पाँच बजेसम्मका लागि तोकिएको छ । म्यादीले निर्वाचन अवधिभर ५५ दिनसम्म खटिनुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here