७५ प्रतिशत पानी बाहिरिएपछि अरुणको जोखिम हट्यो

शंखुवासभा,९ बैशाख–  संखुवासभामा अरुण नदी थुनिएर बनेको तालबाट ७५ प्रतिशत पानी बाहिरिएपछी तत्कालका लागि जोखिम हटेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शीवराज जोशीले जानकारी दिनुभयो ।
संखुवासभाको हटिया स्याक्सिलागोलामा अरुण नदी थुनिए बनेको तालबाट पानि निकासा हुन थालेपछी अवस्था सामान्य बन्दै गएको छ ।
अरुण नदीको बहाब अहिले सामान्यरहेको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो । अहीले नदी थुनिएर बनेको तालबाट बिस्तारै पानीको निकास भइरहेको छ ।

यसैबिच तालबाट पानीको निकास तथा अरुण नदीको बहाब सामान्य भएपनि ताल एक्कासी फुटेमा तल्लो तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणसँग आग्रह गरिएको छ ।
कोशी नदी आसपासको क्षेत्रका बासिन्दालाई पनि सचेत गराइएको र तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन तर नआत्तिन आग्रह गरिएको छ । घटनामा १० घरमा पानी पसेर सामान्य क्षति पुगेपछि रेडक्रस र प्रशासनले राहत वितरण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here