काठमाडौं,९ असार । नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६२औं वार्षिकोत्सवका मनाएको छ । सात दिनसम्म विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सवसमेत आयोजना गरेको छ ।
कविता महोत्सव उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले प्रज्ञा प्रतिष्ठानले अझै गतिशील हुनुपर्ने बताउनुभयो । पोखरेलले जीवन र मृत्यु शीर्षकका दुई कविता पनि वाचन गर्नुभएको थियो । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशी, कवि बैरागी काइँला, उपकुलपति डा। जगमान गुरुङ, सदस्य सचिव प्रा। जगतप्रसाद उपाध्याय, काव्य विभागका प्रमुख डा। हेमनाथ पौडेल लगायतले आफ्नो धारणा राख्नुभयो ।
यसपटक कविता महोत्सवका लागि तीन सयभन्दा बढी कविता प्राप्त भएकोमा ३१ वटा कविता प्रतियोगिताका लागि छनौट भएका छन् । प्रज्ञा प्रतिष्ठानले २०२२ सालदेखि प्रतिष्ठानको स्थापना भएको दिन असार ९ गते वर्षेनी राष्ट्रिय कविता महोत्सवको आयोजना गर्दै आएको छ ।

