५.२ रेक्टरको धक्का

दोलखा,२२ मंसिर– आज बिहान करिव ८ बजेर ३८ मिनट जाँदा काठमाडौँ र यस आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्रका अनुसार दोलखा केन्द्रबिन्दु भएर ५ दशमलव २ रेक्टरको पराकम्प गएको   हो ।

वि सं २०७२ साल वैशाख १२ गते गएको बिनासकारी गोरखा भूकम्पको पराकम्प रहेको राष्टिय भूकम्प मापन केन्द्रका प्रमूख लोक बिजय अधिकारीले जानकारी दिनुभयो
शक्तिशाली गोरखा भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिको क्षमताका चार सय ८० भन्दा बढी पराकम्प गएका छन् । भूकम्प गएको लामो समय बितिसक्दा पनि अहिलेसम्म परकम्प आउने क्रम रोकिएको छैन् । समय समयमा साना साना पराकम्पहरू गइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here