५ फरक क्षेत्रमा चीनसँग आर्थिक समृद्धिका लागि सहकार्य गर्न सकिने-परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं,६ बैशाख–परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ५ फरक क्षेत्रमा चीनसँग आर्थिक समृद्धिका लागि सहकार्य गर्न सकिने बताउनुभएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ बुद्धिजीवीको फोरममा यातायात र कनेक्टीभीटी, कृषि, उद्योग तथा प्रविधिको प्रयोग, जनशक्तिको उपयोग र प्राकृतिक सम्पदा तथा वातावरणमा सहकार्य गर्न सकिने बताउनुभयो ।

चीनसँगको व्यापार र जनता बीचको सम्बन्धमा यातायातको समस्याका कारण नै बाधा रहेकाले यसको समाधान नेपाली प्राथमिकतामा रहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

चीनसँग कृषि आधुनिकिकरण प्रविधिबाट सिक्न सकिने बताउँदै उहाँले जलविद्युत् उत्पादनलाई तीब्र बनाउन चिनियाँ लगानीबाट लाभकारी सहयोग गर्न सकिने उल्लेख गर्नुभयो ।

जलश्रोत, उद्योग, पर्यटन र कृषि क्षेत्रको विकास नै मुलुक सम्बृद्धिको आधार रहेकाले त्यसैको विकासमा नेपाल सरकार केन्द्रित रहेको ज्ञवालीको भनाई छ । नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको ज्ञवालीको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here