५४ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली भारत भ्रमणमा, आजैदेखि विभिन्न छलफलमा भाग लिने

काठमाडौं,२३ चैत– प्रधानमन्त्री केपी शर्मा ओली आज तीनदिने राजकिय भ्रमणका लागि केहिबेरअघि भारत प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ९ बजे भारत प्रस्तान गर्नुभएको हो ।
भारत पुगेपछि प्रधानमन्त्री ओलीले साढे १२ बजे होटल ताज प्यालेसमा त्यहाँका व्यवसायीसँग विजनेस मिटिङ गर्ने तालिका छ । उहाँ आजै साँझ साढे ७ बजे नेपाली दूतावासमा आयोजित रात्रीभोजमा सरिक हुनुहुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
भोली भने प्रधानमन्त्री ओलीको महत्वपूर्ण भेटवार्ताका कार्यक्रम तएभएका छन् । भोली बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति प्रणव मुखर्जीसँग गर्नु हुनेछ । त्यस लगत्तै साढे ११ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसअघि साढे १० बजे भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग ओलीको भेटवार्ता हुनेछ ।
त्यसैदिन साँझ भारतीय उपराष्ट्रपति, गृहमन्त्री, अर्थमन्त्रीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । आइतबार(पर्सि) भने प्रधानमन्त्री ओली उत्तराखण्ड जानु हुने छ । त्यहाँको युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीले दिने मानार्थ महाविद्यावारिधी प्रधानमन्त्री ओलीले ग्रहण गर्नु हुनेछ । सोही दिन राति ८ बजे स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here