५० हजार घुससहित नापी कार्यालय प्रमुख पक्राउ

काठमाडौं, २९ चैत । नापी कार्यालय उदयपुरका प्रमुख ५० हजार घुससहित रंगेहात पक्राउ परेकाछन्। कार्यालय प्रमुख श्यामबाबू साहलाई उक्त ५० हजार रुपैयाँ घुससहित आज बिहान करिब ९ बजे पक्राउ परेका हुन्।
साहलाई निवासबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित सम्पर्कका कार्यालयको टोलीले पक्राउ गरेको हो। प्रमुख साहले सेवाग्राहीसँग काम चाँडै गरिदिने भन्दै घुस मागेपछि सेवाग्राहीले अख्तियारमा उजुरी गरेको थिए। अख्तियारको टोलीले साहलाई सोही उजुरीको आधारमा पक्राउ गरेको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here