चितवन,३१ असार । चितवनमा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् । भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई ४३ केजी चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गएराति उनलाई पक्रेको हो । बरामद चरेससहित खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

