४० हजार घुस सहित नासु पक्राउ

काठमाडौँ, २२ माघ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ४० हजार घुस लिएको अभियोगमा जिल्ला कारागार सप्तरीका जेलर नासु कृष्णबहादुर दाहाललाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिने जनाउँदै घुस रकम मागेको भन्ने सूचनाका आधारमा आज कारागार रोडको मुरली चिया पसलबाट उनलाई पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here