४० किलोमा बस र ट्रक ठोकिंदा ५ जनाको मृत्यु, ५ घाईते

नवलपरासी, १९ चैत–बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित ४० किलोमा बस र ट्रक एकआपसमा ठोकिंदा पांच जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य पाँच जना घाईते भएका छन् । गएराती एक बजे दाङबाट काठमाडौं तर्फ आउंदै गरेको ना ४ ख ४९९५ नंम्बरको बसलाई सोही दिशातर्फ जाँदै गरेको युपी ५८ टी ५४७१ नम्बरको भारतीय ट्रकले ठक्कर दिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्युहुनेमा दाङ्ग सिरीगाउँका वलिराम चौधरी, सोही ठाउँका विरबल चौधरी, सुर्खेत जुमखोलाका हरि रामजाली मगर रहेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । यस्तै ट्रकमा सवार भारत उत्तरप्रदेश बराहीच जिल्ला दरगा गाउँ बस्ने ३० वर्षिय बिएच खानको मृत्यु भएको छ ।
बसमा सवार अन्य एक जनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईतेहरुको बुटवलमा उपचार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here