४० औं प्रधानमन्त्रीका एक्ला उम्मेदवार काँग्रेस सभापति देउवाको पक्षमा कति मत ?

web

काठमाडौं, २१ जेठ–नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज संसदमा हुने ४० औं प्रधानमन्त्रीको निर्वाचनमा हुनुहुन्छ । उहाँ एक्लो उम्मेदवार हो । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका देउवाको प्रस्तावकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छन् ।

जाँदै गरेका प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीको प्रस्तावक भएको नेपालको इतिहासमै पहिलोपटक हो । त्यस्तै, कांग्रेस नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, संघीय समाजवादीका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपालका कुमार खड्का र नेकपा संयुक्तका जयदेव जोशीले समर्थन गरेका छन् । उहाँको पक्षमा ३११ मत रहेको छ।

देउवा एक्ला उम्मेदवार
पक्षमा ३११ : कांग्रेस २०७, माओवादी ८२, फोरम लोकतान्त्रिक (संसद्मै रहेका साना दलसँगको पार्टी एकीकरणपछि) १७, नेकपा संयुक्त ३, समाजवादी जनता पार्टी १, अखण्ड नेपाल पार्टी १

विपक्षमा १९८ : एमाले १८१, माले ५, नेमकिपा ४, जनमोर्चा ३, परिवार दल २, बहुजन शक्ति १, बौद्धिक जनपरिषद् नेपाल १, मधेस समता पार्टी नेपाल १

नखुलेका ८४ : राप्रपा ३७, संघीय समाजवादी १५, तमलोपा ११, सद्भावना ६, तमसपा ३, रामसपा ३, संघीय लोकतान्त्रिक मञ्च (थरुहट) १, जनता दल १, फोरम गणतान्त्रिक १, नेपाल सद्भावना पार्टी १, खम्बुवान १, जनमुक्ति पार्टी १, जनजागरण पार्टी १, थरुहट लोकतान्त्रिक १, स्वतन्त्र (चन्द्रेश्वर झा) १

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here