३८ सय किलो सुन तस्करी प्रकरणः जाँचबुझ समितिले प्रतिवेदन बुझायो

काठमाडौं,६ चैत । उच्च अदालत विराटनगरले ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका आरोपीलाई धरौटीमा छाडेपछि जाँचबुझ गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । जिल्ला अदालत मोरङ हुँदै उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
दुई दिनअघि बुझाइएको उक्त प्रतिवेदनमा मिलेमतोमा इजलास गठन भएको उल्लेख छ । न्यायाधीश ईश्वर खतिवडा संयोजक रहेको समितिले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा मुख्यसहित अन्य न्यायाधीशको मिलेमतो भएको निष्कर्ष निकालिएको छ ।
उक्त समितिको प्रतिवेदन अनुसार थप छानबिन गर्न तीन न्यायाधीशको विस्तृत अध्ययन समिति समेत गठन गरिएको छ । समितिमा केदार चालिसे संयोजक, मीरा खड्का र विश्वभर श्रेष्ठ सदस्य छन्। उनीहरुले डेढ महिनाको समयसीमा पाएका छन्।
सुन प्रकरणमा जिल्ला अदालत मोरङले शंकास्पद आदेश गरेको भन्दै न्याय परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, न्यायाधीशहरु थीरबहादुर कार्की, उमेशराज पौडेल, नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटालाई न्याय परिषद् तानिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here