काठमाडौं, ३ जेठ– तीन प्रदेशका ३४ जिल्लाको २८१ स्थानीय तहका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
पछिल्लो मत गणना सम्पन्न भएका ७२ स्थानमध्ये प्रमुख प्रतिपक्षी दल नेकपा एमाले २८ स्थानमा विजयी हासिल गरेको छ भने नेपाली कांग्रेसले २५ स्थानमा विजयी भएको छ ।
यस्तै, माओवादी केन्द्र १७ स्थानमा विजयी हुँदा २ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतगणना जारी रहेका जिल्लाहरुमा कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा भइरहेको छ ।

