३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रकम तिर्न अटेर गरे

काठमाडौँ, ४ माघ- विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले रु ११ करोड ३९ लाख ६४ हजार ९७३ रकम तिर्न अटेर गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ ।

विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तहसिल कार्यालयलाई अनुरोध गरेको जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियन एयरलाइन्सले रु ४३ हजार ६००, बरमा एयरवेजले रु एक लाख ८६ हजार ८५०, लुफथान्सा एयरले रु एक लाख ६३ हजार ६४४, गल्फ एयरले रु २७ लाख आठ हजार ७७७ बक्यौता रकम तिरेका छैनन् ।

यसैगरी, एयर सहाराले रु २४ लाख ७८ हजार १२६, बहराइन एयरले रु २४ लाख ६३ हजार ३७१, ओरियन्ट थाई एयरलाइन्सले रु पाँच लाख ८९ हजार ८१३, पाकिस्तान एयरलाइन्सले रु २६ लाख ८४ हजार २३८, सिंगापुर एयरलाइन्स रु पाँच लाख ५८ हजार १२८, किंग फिसर एयरलाइन्सले रु एक करोड १५ लाख ९७ हजार ५६२ बक्यौता तिरेका छैनन् ।

यस्तै जिएमजी एयरलाइन्सले रु एक लाख ५९ हजार १०१, युनाइटेड एयर एडिउफ रु तीन हजार ५३०, युनाइटेड एयरबेजले रु एक लाख ६ हजार ५५५, तुई एयरलाइन्सले र नौ लाख ५८ हजार ४९८, हङकङ एक्सप्रेसले रु १९ लाख ६२ हजार ९७८ विमानस्थल प्रयोग गरेबापतका रकम तिरेका छ्रैनन् ।

कार्यालयका अनुसार ¥याक एयरबेजले रु एक लाख ८३ हजार ७७२, स्काइलाइन एयरबेजले रु सात लाख ३३ हजार २८० बक्यौता रकम पनि तिरेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here