३२ जिल्ला शिक्षा कार्यालयद्धारा मनपरी बजेट निकासा

काठमाडौं,३ असार । तत्कालिन जिल्ला शिक्षा कार्यालय काठमाडौंलगायत ३२ जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा गरेको पाइएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

महालेखा परीक्षकको कार्यालयको ५५ औं बार्षिक प्रतिवेदनमा ती जिल्ला शिक्षा कार्यालयले तलबभत्तामा पाउनेभन्दा २ करोड ५५ लाख ५१ हजार रुपैयाँ बढी निकासा गरेको पाइएको छ ।

काठमाडौं, बारासमेत ३१ जिल्ला शिक्षा कार्यालयले सेवानिवृत्त र बिदा बसेका शिक्षकका लागि तलबभत्ताबापत १ करोठ ८६ लाख ८५ हजार निकासा दिएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here