३२ किलो कुखुराको मासु नष्ट

काठमाडौं,२८ असार– नियमित बजार अनुगमनका क्रममा गोँगबुमा रहेको दुई मासु पसलबाट ३२ किलो खान अयोग्य मासु नष्ट गरिएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा गोँगबुमा रहेको ओम के फ्रेस मिट हाउसबाट १७ किलो र तनहुँ एण्ड धादिङ मासु पसलबाट १५ किलो खान अयोग्य कुखुराको मासु नष्ट गरिएको हो ।
अनुगमनका क्रममा दुवैै पसलले व्यवसाय दर्ता नगरेको, नापतौल प्रमाणीकरण नगरेको र बध गर्ने स्थान समेत अत्यन्तै फोहोर रहेको पाएपछि तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
विभागले गोँगबुमा रहेको सात पसलको पनि अनुगमन गरेको छ । अन्य पसल भने सामान्य अवस्थामा रहेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here