३० किलोग्राम गाँजा बरामद

धादिङ, २१ असार- धादिङ प्रहरीले आज ३० किलोग्राम गाँजा बरामद गरेको छ । बेनिघाट रोराङ गाउँपालिकाको जोगीमारामा गाडी चढ्न सडक छेउमा बसिरहेको अवस्थामा प्रहरीले जाँच गर्दा सो सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले बताउनुभयो । गाँजा बरामद गर्दै गर्दा गाँजासँगै रहेको दुई जना भने फरार भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here