३० करोड भन्दा धेरै बजेट पाउने गाउँपालिका

काठमाडौं, १७ जेठ–पहिलो पटक सार्वजनिक गरिएको संघीय बजेटमा केही गाउँपालिकाले ३० करोड भन्दा धेरै बजेट पाएका छन् । पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भएसँगै सरकारले स्थानीय तहमा आकर्षक बजेट दिएको हो ।

तर बजेटसँगै सरकारले स्थानीय तहलाई जिम्मेवारीको बोझ पनि थोपरेको छ । सडक निर्माणसहितका विकासका कामदेखि शिक्षक र स्वास्थ्यकमीलाई तलब पनि अब स्थानीय तहले नै खुवाउनुपर्ने भएको छ ।

चार सय ७९ मध्ये सबैभन्दा धेरै बजेट हात पार्ने गाउँपालिकामा बाँकेको राप्ती सोनारी रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले ६८ करोड २५ लाख रुपैयाँ पाएकामा राप्ती सोनारीका लागि ५४ करोड ३४ लाख रुपैयाँ छुट्याइएको छ ।

धेरै बजेट पाउने गाउँपालिकाको दोस्रो सूचीमा सिन्धुलीको तीनपाटन तथा तेस्रो सूचीमा मकवानपुरको बकैया गाउँपालिका रहेका छन् ।

तीनपाटनले ४२ करोड २४ लाख तथा बकैयाले ४० करोड ८९ लाख रुपैयाँ पाएका छन् । ३० करोडभन्दा बढी बजेट पाउने गाउँपालिकामध्ये बाँकेका ३, सिन्धुलीका ३, मकवानपुरका ३ र गोरखाका ३ गाउँपालिका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here