२ सय ६३ थान बन्दुक बरामद

ताप्लेजुङ,२७ असार । ताप्लेजुङ प्रहरीले जिल्लाका विभिन्न स्थानवाट ४ महिनाको अवधिमा २ सय ६३ थान बन्दुक बरामद गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरी बरामद गरिएका बन्दुक सार्वजनिक गरेको हो ।

ताप्लेजुङ प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डिएसपी संञ्जयसिंह थापाका अनुसार बरामत भएका हतियारमध्ये केही हतियारधनी आफैंले प्रहरीलाई बुझाएका छन् भने केही हतियार भएको सूचनाका आधारमा प्रहरी पुगेर संकलन गरिएका हुन् ।

जसमा २ सय ५ नाल बन्दुक तथा ३ राउण्ड गोली अवैध र ५८ नाल बन्दुक तथा ५ राउण्ड गोली ईजाजत प्राप्त रहेको डिएसपी थापाले जानकारी दिनुभयाे  । विगतमा जिल्लामा हतियारकै कारण विभिन्न दुःखद घटना भएको भन्दै थापाले अब त्यस्ता घटनामा कमी हुने विश्वास व्यक्त गर्नुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here