एजेन्सी– पोर्चुगलको मडिरा टापुमा भइरहेको धार्मिक समारोहमा एउटा रुख ढल्दा किचिएर कम्तिमा १३ जनाको मृत्यु भएको छ ।
टापुको मुख्य शहर फुङ्सलमा आयोजित रोमन क्याथोलिक पर्वको कार्यक्रमका क्रममा एक्कासी रुख ढल्दा अन्य ४९ जना घाइते भएका छन् । हजारौं मानिस जम्मा भएको स्थानमा रुख ढलेको हो ।
ढलेको रुख २ सय वर्ष पुरानो भएको बताइएको छ । यसैबीच पोर्चुगलका प्रधानमन्त्री एन्टिनियो कास्टाले घटनाप्रति दुःख ब्यक्त गरेका छन् ।

