२५ सय बोट गाँजा नष्ट

मेलम्ची, ४ असोज: लागूऔषधका कारण गाउँबस्तीमा आपराधिक घटना बढिरहेका बेला सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले गाँजाखेती नष्ट गर्न थालेकोे छ । पछिल्लो एक सातामा जिल्लाका विभिन्न स्थानमा गरी प्रहरीले २५ सय गाँजाका बोट नष्ट गरेको हो ।
अपराध न्यूनीकरणका लागि ‘स्कूल–स्कूलमा प्रहरी’ अभियान शुरु गरेको उक्त कार्यालयले जिल्लाको ठूलोपाखर, जेठल, इर्खु र भोटेचौरमा गरी करिव २५ सय गाँजाका बोट नष्ट गरिएकामा ठूलोपाखरमा एक हजार ५००, भोटेचौरमा ७००, इर्खुमा १५० र जेठलको मुडेमा १०० बोट गाँजा नष्ट गरिएको उक्त कार्यालयले जनाएको छ ।
“समाजमा आपराधिक घटना बढिरहनुमा गाँजा एउटा प्रमुख कारण हो”, जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले भन्नुभयो, “अब गाउँबस्तीमा समेत पुगेर प्रहरीले गाँजा नष्ट गर्नेछ ।” चोरी, डकैती, यौन हिंसाका घटना र सवारी दुर्घटनाका घटना लागूऔषधकै कारण बढिरहेको प्रहरी अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here