२३ जनालाई ह्विल चियर र ट्राइसाइकल वितरण

दमक, २७ वैशाख-झापाको दमकमा बुधबार एक कार्यक्रमका बीच शारीरिक अपांगता भएका २३ जनालाई ह्विल चियर र ट्राइसाइकल वितरण गरिएको छ । दमक अपांग सहयोग समितिको संयोजनमा राष्ट्रिय अपांग पुनःस्थापना समाजले ती ह्विलचियर निःशुल्क उपलब्ध गराएको हो ।

दमक अपांग सहयोग समितिकी उपाध्यक्ष मनमाया तिम्सिनाको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय सदस्य सुगम भट्टराईले विभिन्न दातृसंस्थाको सहयोगमा ह्विलचियर तथा ट्राइसाइकल उपलब्ध गराइएको जानकारी दिनुभयो ।

कार्यक्रममा दमक रेडक्रस सभापति प्रकाश बुढाथोकी, दमक जेसीजका अध्यक्ष चन्द्र खत्री, मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईलगायतले अपांगताको बारेमा बोल्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here