काठमाडौं, २४ चैत– २१ दिनपछि बस्ने भनिएको मन्त्रीपरिषदको बैठक आज पनि बस्दै नबसि सरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अपरान्ह ४ बस्ने भनिएको बैठक आगामी चैत २७ बस्ने गरि सारिएको छ ।
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र स्थानीयविकास मन्त्री कमल थापाबीच बरियता विवाद भएपछि मन्त्रिपरिषद् बैठक बिगत २१ दिन देखि बस्न सकेको छैन ।
आजको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी, प्रहरी महानिरीक्षक नियुक्ति लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको थियो ।

